२०७८ मङ्सिर १६ गते बिहिवार

२४ घण्टामा थप १ हजार ४४ जनामा कोरोना संक्रमण,११ को मृत्यु



२६ मंसिर । पछिल्लो २४ घण्टामा १ हजार ४४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ। ७ हजार ४१४ पीसीआर परीक्षणमा १ हजार ४४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै शुक्रबार १२ सय ७१ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९४।४ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ। शुक्रबार कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ।

यस्तै अहिले ५१९ जना क्वारेन्टिन र १२ हजार १४८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका गम्भीर २१० जनाको आइसीयूमा र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्