२०७८ जेष्ठ २ गते आइतवार

नेपाल प्रहरी र शसस्त्र प्रहरी बिच झडप



२४ मंसिर । सप्तरीको तिलाठीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच झडप भएको छ। सादा पोशाकमा रहेका दुई संगठनका जवानबीच बुधबार झडप भएको हो।

तिलाठी –कुनौली नाका अन्तर्गत खाडो खोलाको छेउमा रहेको सशस्त्र प्रहरीको चेकजाँचस्थल नजिकै सादा पोसाकमा रहेका दुई संगठनका जवानबीच झडप भएको हो।

भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद बढ्दै जाँदा कुटपिटमा परिणत भएको हो। कोरोना महामारीपछि नेपाल सरकारले सीमा सिल गरेको भए पनि सीमाबाट दैनिक सयौंको संख्यामा मानिस ओहोरदोहोर गर्ने गरेका छन्।

सदरमुकाम राजविराजबाट सादा पोसाकमा गएको नेपाल प्रहरीको टोली सशस्त्रको चेकजाँचस्थल नजिक भारतबाट आउँदै गरेकाहरुलाई चेक गर्न थालेपछि दुवै सुरक्षा निकायबीच भनाभन सुरु भएको थियो। पछि त्यही भनाभन कुटपिटमा परिणत भएको हो।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्