२०७८ बैशाख ६ गते सोमवार

मृतक प्रहरी कर्मचारीको परिवारलाई आर्थिक सहयोग



२४ मंसिर ।
कोरोना संक्रमण वाट मृत्यु भएका एक सहकर्मी प्रहरी कर्मचारीको परिवारलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आर्थिक सहयोग गरेको छ । मंगलवार दाङको राप्ती गाउपालिका वडा नं.५ मौरिघाटमा रहेको मृतक प्रहरी नायव निरीक्षक यज्ञमणी वैदिकको घरमै पुगेर संकलन भएको १ लाख तिस हजार आठ सय पाच रुपैया मृतकको परिवारलाई हस्तान्तरण गरिएको हो । जिल्ला तथा मातहतका सवै प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वैच्छिक रुपमा संकलन गरी जम्मा भएको उक्त रकम प्रहरी निरीक्षक सन्तोष कुमार के।सी। ले मृतकको श्रिमती कमला वैदिकलाई हस्तान्तरण गर्नु भएको थियो ।

मृतकको १३ औ दिनको पुन्यतिथीमा जि।प्र।का। रोल्पावाट प्रहरी टोली घरमै पुगेको थियो । जि.प्र.का. रोल्पामा कार्यरत वैदिकको कोरोना संक्रमण भई उपचारको क्रममा गत मंसिर ११ गते भेरी अन्चल अस्पताल वाँकेमा उपचारको क्रममा मृत्यु भएको थियो । मृतक वैदिकको परिवारलाई स्वान्तना एवं सन्ततीको वृतिविकासमा टेवा पुग्ने उद्यश्येले सम्पूर्ण प्रहरी कर्मचारीले आफुखुसी आर्थिक सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुवेदीले वताउनु भयो । संगै काम गरिहेका ईमान्दार र कर्तव्यनिष्ट एक प्रहरी कर्मचारीको मृत्युले मर्माहत तथा भावनात्मक चोट पुगेको हुदा सक्दो आर्थिक सहयोग गर्न सवै कर्मचारीहरू तयार रहेको उहाले वताउनु भयो । मृतक प्रहरी नायव निरीक्षक वैदिकको श्रिमती र १ छोरा रहेका छन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्