२०७८ असोज १ गते शुक्रवार

दाङका द्वन्दपिडीत महिलाहरुलाई व्यवसायीक तालिम



२३ मंसीर।
दाङका द्वन्दपिडीत महिलाहरुकोलागी व्यवसायीक तालिम सुरु गरिएको छ । द्वन्दको समयमा प्रभावित महिलाहरुकालागी जिल्लाका विभिन्न स्थानमा व्यवसायीक तालिमहरु आयोजना गरिएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा जिल्लामा सञ्चालन भएको ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रम अन्तरगत व्यवसायीक तालिमहरु सुरु गरिएको हो । तालिमको दंगिशरण गाँउपालिका वडा नम्बर १ बाट सुरु गरिएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं दंगिशरण गाँउपाकिला वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीको प्रमुख आतिथ्यमा तालिमको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले द्वन्दपिडीत महिलाहरुलाई आत्मनिर्भर बनाउदै सशक्तीकरणको मार्गमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

द्वन्द प्रभावित महिलाहरुको आर्थिक स्तरमा वृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्धेश्यकासाथ महिलाहरुकोलागी व्यवसायीक तालिमको सुरु गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव एवं कार्यक्रमका फोकल पर्सन शीवा योगीले जानकारी दिनुभयो । जिल्लाको दंगिशरण गाँउपालिका, तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र बंगलाचुली गाँउपालिकाका वभिन्न स्थानमा व्यवसायीक तालिमहरु सञ्चालन भईरहेको योगीले बताउनुभयो । दंगिशरण गाँउपालिकाको वडा नम्बर १, २ र ६, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ र १३, घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र १७ र बंगलाचुली गाँउपालिकाको वडा नम्बर १ मा तालिमहरु सञ्चालनमा रहेका छन् ।

उनीहरुलाई बंगुरपालन, बाख्रापालन, लोकल कुखुरा पालन, तरकारी खेति, कटाईसिलाई, गुडिया बनाउने तालिम र कम्प्यूटर तालिमहरु सञ्चालन गरिएको योगीले जानकारी दिनुभयो । द्वन्दको समयमा प्रत्यक्ष रुपमा प्रभावित महिलाहरुलाई व्यवसायमार्फत आत्मनिर्भर गराउनकालागी जिल्लाभर व्यवसायीक तालिम आयोजना गरिएको योगीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्