२०७८ जेष्ठ १ गते शनिवार

दाङमा थप एक कोरोना संक्रमितको मृत्यु



२३ मंसिर ।
दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १४ निवासी ६६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।

मंसिर १६ गतेदेखि अस्पतालको आईसियुमा उपचाररत ती पुरूषको गएराती मृत्यु भएको हो । उहाँमा निमोनियाको समस्या रहेको जनाइएको छ । यो संगै दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

यसैविच अहिले सम्म दाङमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३१ पुगेको छ । ति मध्य २ हजार ८ सय ५९ जना कोरोना मुक्त भएका छन् ।

अहिले जिल्लामा ३ सय ३७ जना सकृय संक्रमति रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । दाङमा अहिले सम्म २२ हजार ६ सय ७ जनाको पिसिआर परिक्षण भएको छ ।।

 

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्