२०७८ असोज ८ गते शुक्रवार

कक्षा १० सम्मको अध्ययनका लागी ई क्लास नेपाल एप सार्वजनिक



२३ मंसिर।
कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि ‘ई क्लास नेपाल’ एप सरकारले सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज सार्वजनिक गर्नु भएको हो ।

नोवेल कोरोना भाइरसको महामारीको अवस्थमा घरमै बसेर सुरक्षित तरिकाले सिकाइलाई निरन्तरता दिने उद्धेश्यले एप ल्याइएको केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले कक्षा १ देखी १० सम्मको स्वीकृत पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक निर्देशिका र यसअघि निर्मित सिकाइ सामग्रीहरू समेटेर एप तयार पारिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार एपमा यसअघि तयार पारिएका अनलाइन शैक्षिक सामग्री, युट्युब, इबुक्स, पाठ्य पुस्तकमा समेटिएकाले प्रत्येक पाठ विद्यार्थीले पढ्न सक्ने छन् ।

कक्षा ११ र १२ को पाठ्यसामग्री पनि एपमा समेट्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ । शिक्षा मन्त्री पोखरेलले कोरोना महामारीको शैक्षिक सत्र खेर जान नदिन विभिन्न वैकल्पिक सिकाइ मोडेलहरू अपनाइएको बताउनु भयो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्