२२ मंसिर । पीपलको रुखबाट घाँस खसाल्ने क्रममा लडेर प्युठानमा एकजनाको मृत्यु भएको छ ।
रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको आज मृत्यु भएको हो ।
घरनजिकै पीपलको बोटबाट घाँस खसाल्ने क्रममा लडेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि प्युठान अस्पताल लैजाँदै गर्दा उनको बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार