२०७८ कार्तिक १ गते सोमवार

“लैंगिक हिंसा विरुद्धको १६ दिने प्रहरी अभियान”



२२ मंसिर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले लैंगिक हिंसा नियन्त्रणका लागि स्टिकर टाँस्ने अभियान चलाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक राज कुमार बैदवारका अनुसार “लैंगिक हिंसा विरुद्धको १६ दिने प्रहरी अभियान” अन्तर्गत तुलसीपुरको बसपार्कबाट अभियानको सुरूवात गरेको जानकारी दिनुभयो ।

अभियानमा चालक,यात्रु लागाएत पदैल यात्रीहरुलाई समेत सचेत बनाउएका हुन । हिंसा न्युनिकरणका लागि भन्दै प्रहरीले विभिन्न सवारी साधनमा स्टिकर टाँस्नुका साथै पर्चा समेत वितरण गरेको थियो । लुम्बिनी प्रदेश प्रहरीले विभिन्न अभियानमा आफ्ना गतिविधीलाइ तिब्र बनाउने गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्