२०७८ बैशाख ६ गते सोमवार

घोराही ९ का नोखिरामलाई २ कोठे घर हस्तान्तरण



२२ मंसिर।
घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा नयाँ बस्तीका नोखीराम डाँगीलाई नयाँ घर हस्तान्तरण गरिएको छ । गएको साउन ३० गते परेको बर्षाका कारण डाँगीको घर भत्कीएको थियो ।
घोराही उपमहानगरपालिकाको कार्यालयले उपलब्ध गराएको एक लाख र विभिन्न व्यक्तिहरुबाट संकलन भएको १३ हजार २ सय ५८ रुपैयाँबाट डाँगीलाई २ कोठे भवन निर्माण गरिएको हो । उक्त घरको साँचो नगर प्रमुख नरुलाल चौधरीले पिडित डाँगीलाई हस्तान्तरण गर्नुभएको हो ।
रत्नबबई युवा क्लव र नयाँ बस्ती युवा क्लवका पदाधिकारीहरु घर निर्माणमा जुटेका थिए । सोही क्लवका पदाधिकारीहरुले घर निर्माण गर्न विभिन्न व्यक्ति र संस्थाहरुबाट १३ हजार २ सय ५८ रुपैयाँ संकलन गरेका हुन् ।
रत्नवबई युवा क्लवका अध्यक्ष मोहन विक्रम बस्नेतको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा वडा नम्बर ९ का अध्यक्ष मानवहादुर बस्नेत र वाताबरण विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको उपस्थितीमा घर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले अन्यायमा परेका र विपतमा परेकालाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सरकार र स्थानियहरुकै सकृयतामा पिडितलाई न्याय र उद्धार गर्न सकिने भन्दै सबैमा सामाजिक सेवाभाब जाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, नयाँ बस्ती युवा क्लवका अध्यक्ष खेमराज पुरीले घर बिहिन भएका डाँगीलाई ओतलाग्ने मात्रै भए पनि घर बनाउन सरकार र दाताको सहयोगमा सफल भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण प्रदिपराज कुँवरले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्