२०७८ जेष्ठ २ गते आइतवार

दाङमा ६ हजार ७ सय ७४ धारा जडान



२२ मंसिर ।
दाङमा एक घर, एक धारा र्पुयाउने प्रदेश सरकारको लक्ष्य अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले दुई वर्षमा ६ हजार ७७४ घरमा खाने पानीका लागि धारा जडान गरेको हो । दाङमा दुई वर्षको अवधिमा ६ हजार ७ हजार ७४ घरमा खानेपानी धारा जडान गरिएको छ ।

कार्यालयले गत वर्ष ५ हजार ४७४ घरमा र यस वर्षको प्रथम चौमासिकमा एक हजार २ सय गरी ६ हजार ७ सय बढी घरमा धारा जडान गर्न सफल भएको हो । सङ्घीय संरचनामा कार्यालय स्थापना भएको दुई वर्षको अवधिमा दाङमा विभिन्न स्थानमा खानेपानीको धारा जडानसँगै घरमै खानेपानी सुविधा पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख गुणनिधि पोखरेलले जानकारी दिनुभयो ।

करिब दुई वर्षको अवधिमा पाँच वटा आयोजना सम्पन्न गरेर धारा पु¥याएको उहाँको भनाई छ । कार्यालय प्रमुख पोखरेलका अनुसार हालसम्म घोराही ५ मा ४०४, घोराही १७ को धाइरेखुटीमा एक हजार १ सय १४, बङ्गलाचुली गाउँपालिका ८ हाँसिपुरमा ३९७, बङ्गलाचुलीकै कुइजा तापामा ३१९ र लमही नगरपालिका १ नर्तीमा ३ हजार दुई ४० धारा जडान गरिएको छ ।

यस वर्ष दाङका ११८ खानेपानी आयोजनामध्ये ३५ प्रतिशत खानेपानी आयोजना सम्पन्न गरेर उपभोक्तालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको पोखरेलले बताउनु भयो । मन्त्रालयले बजेट दिए जतिसक्यो चाँडै काम सकिने उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्