२०७८ साउन १२ गते मङ्गलवार

कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने



२२ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड-१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको हो ।

उहाँले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत बताउनुभयो ।
“कोभिड-१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छु, उहाँले सूचना जारी गर्दै भन्नुभएको छ, “कोभिड-१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्नरनगराउन अनुरोध छ ।”

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्