२०७८ बैशाख ७ गते मङ्गलवार

बैंकको एटिएम बुथ फुटाउँदै गर्दा कोटेश्वरबाट एक युवक समातिए



२२ मंसिर । प्रहरीले बैंकको एटिएम बुथ फुटाइरहेको अबस्थामा एक जनालाई नियन्त्रणमा लिएको छ।

आइतबार राति कोटेश्वर मुनीभैरव नजिकै रहेको एनआइसी एशिया बैंकको मेसिन फूटाइरहेको अबस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका १८ वर्षीया अनिल तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङले एटिमबाट कुनै रकम भने झिकिसकेका थिएनन्। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्