२०७८ बैशाख २ गते बिहिवार

थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि, १७ जनाको मृत्यु



२१ मंसिर । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ । आइतबार थप एक हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

६ हजार चार सय ९५ जनाको नमुना परीक्षण गर्दा एक हजार ९६ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार सात सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ ।

अब नेपालमा १३ हजार पाँच सय ८२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप १७ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ९४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्