२०७८ साउन १३ गते बुधवार

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षा व्यवस्था कडाई



२१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको लागि नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराही पुग्न थालेका छन् ।

अहिले पार्टी केन्द्रीय कार्यालय बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र नेपाली सेनाका कुकुरलाई समेत गस्ती गराइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेकाले सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको प्रहरीले जनाएको छ । पहिलो घेरामा नेपाल प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी राखिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्