२०७८ असार ९ गते बुधवार

डोटीमा जीप दुर्घटना हुदा चार जनाको ज्यान गयो



२१ मंसिर । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्‍जु त्रिपाठी, उहाँकी सासु र तीन वर्षका छाेराको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा केआइसिंह गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी ४० का हरिनारायण भट्टको पनि ज्यान गएको छ । दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका-६ का ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने वर्ष २८ को हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष ४० की खेमादेबी गिरी, त्यही ठाउँ बस्ने वर्ष अन्दाजी २६ को टिकाराम गिरी घाइते भएका प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलबाट घाइतेको उद्धारको काम भइरहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्