२०७८ साउन १८ गते सोमवार

मिस नेपाल २०२० को विजेता बनिन् नम्रता श्रेष्ठ



२० मंसिर । यस वर्षको ‘मिस नेपाल वर्ल्ड- २०२०’को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । २१ प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले यस बर्षको ‘मिस नेपाल’को उपाधि जितेकी हुन् ।

मिस नेपाल-२०२० बनेसँगै नम्रताले नगद पुरस्कार २ लाख ५ हजार प्राप्त गरेकी छिन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा मिस नेपाल सुपर नेशनल- २०२० को उपाधि सिमल कनोडियाले जितेकी छन् भने ‘मिस नेपाल इन्टरनेसनल २०२०’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् ।

त्यस्तै मिस नेपाल अर्थ- २०२० को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् भने उनले ‘मिस अर्थ २०२०’ मा नेपालको तर्फबाट सहभागिता जनाउने भएकी छन् ।

यस्तै सन्ध्या शर्माले ब्युटी विथ पर्पज र मिस पपुलर च्वाइसको अवार्ड जितेकी छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्