२०७८ साउन १६ गते शनिवार

घोराहीमा पिकनिक खाएर फर्किदै गर्दा जीप दुर्घटना,एक को मृत्यु २ घाईते



२० मंसिर । घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा पिकनिक खाएर घर तर्फ फर्किदै गर्दा जीप दुर्घटना भएको छ । शनिबार घोराही उपमहानगरपालिका १७ असारेमा दुर्घटना भएको हो। लुम्विनी प्रदेश ३–०१–०२२ नम्बरको जीप दुर्घटना हुदा एक जनाको मृत्यु भईसकेको छ भने दुई जना गम्भीर घाईते भएका छन ।

जीप अनियन्त्रीक हुदा सडकबाट खेतकमा पुगेको हो । उक्त दुर्घटनामा परी घोराही उपमहानगरपालिका १७ का ३५ वर्षिय विजय अधिकारीको मृत्यु भएको छ । सोही ठाउँका ३५ वर्षिय उमाकान्त घिमिरे र घोराही उपमहानगरपालिका १५ का ३६ वर्षिय समिर पन्त घाईते भएका छन । उनीहरुको अहिले कोहलपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्