२०७८ जेष्ठ १ गते शनिवार

विवाद हल गर्न नेकपाको सचिवालय असफल, स्थायी कमिटीमा छलफल हुने



२० मंसिर । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्रको विवाद हल गर्न असफल भएको छ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लगिने भएको छ।

सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो। स्थायी समितिको बैठक भोलि दिउसो १ बजेका लागि बोलाइएको छ।

आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार एकबजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्