२०७८ बैशाख ५ गते आइतवार

दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मैदानबाट सिसौ बगरमा परिणत

मैदानको न संरक्षण, न संवर्द्धन


२० मंसिर । क्रिकेट मैदानको वरपर सिसौका विरुवाहरु उम्रिएका छन् । मैदानको संरक्षण तथा संर्बद्धनमा कोही कसैले चासो नदिदा दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, मैदानबाट सिसौ बगरमा परिणत भएको हो । सम्बन्धीत निकायले चासो नदिदा पछिल्लो समययता देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान जिर्ण बन्दै गएको छ ।

सरोकारवालाहरु मौन बस्नु र मैदानको संरक्षण तथा संर्बद्धन तर्फ कसैको ध्यान नपुग्दा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान ओझेलमा परेको स्थानियहरुको भनाई रहेको छ । ‘सिसौका विरूवाहरू उम्रिएका छन् । नाङ्गो मैदानमा वृक्षरोपण गरिएको जस्तो देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिसौका बोटविरूवाहरू सजिलोसँग देख्न पाइन्छ, देउखुरी क्रिकेट क्लवका सल्लाहाकार पवन रिजालले भने ,–। ‘नेपालको दोस्रो ठूलो मैदानमा घाँस बढेर मैदान गौचरन जस्तो भएको छ । यस मैदानको संरक्षण गर्नु हामी सबैको दायित्व हो । भौतिक संरचना निर्माणमा स्थानिय सरकारले सहयोग गरेको छ भने मैदान संरक्षणमा स्थानिय सरकार नै मौन बसेको छ ।’

देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गरिएको छ । शनिवार लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिकेट संघका अध्यक्ष दुर्गबहादुर थापा मगरले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्थलगत निरिक्षण तथा अनुगमन गर्नु गरेका छन । मैदानको अनुगमन गर्दै अध्यक्ष मगरले मैदान संरक्षणको लागि क्युरेटर नियुक्ति गर्न आवश्यक रहेको जानकारी दिए । भने ,–। ‘मैदानको रेखदेख तथा संरक्षणको लागी एउटा क्युरेटर नियुक्ति गर्नैपर्ने हुन्छ । तब बल्ल मैदानको संरक्षण गर्न सकिन्छ । क्युरेटर नियुक्ति गर्नको लागी माग गरिएको छ ।’ ‘सिद्धार्थ रंगशाला भैरहवामा क्युरेटर नियुक्ति गरिसकेका छौ । क्युरेटर कर्मचारी नहुदा सम्म मैदान संरक्षणको सम्भावन नरहेको छ ।’

नेपाल क्रिकेट संघ क्यानले पुस ११ गतेदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ । दाङको देउखुरी अन्तर्राष्ट्रियक्रिकेट मैदानमा हुने क्रिक्रेट प्रतियागिताका लागि खेलाडी छनोट गर्न क्यानले प्रादेशिक क्रिकेट संघलाई पत्राचार गरेको लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका क्रिकेट संघको अध्यक्ष दुर्गबहादुर थापा मगरले जानकारी दिए । जस अन्तरगत देउखुरी अन्तर्राष्ट्रिय क्रिक्रेट मैदान सरसफाइ गरिदैछ ।

क्रिकेट संघका प्रदेश सचिव सञ्जय गुरूङ, प्रदेश सदस्य किशोर गौतम, राष्ट्रिय खेलकुद परिषद् वरिष्ठ प्रदेश पाँचकै कोच दिपेन्द्र प्रतापसिंह, क्रिकेट दाङका अध्यक्ष प्रदिप मजगैया लगायतको टोलीले मैदानको अनुगमन तथा स्थलगत निरिक्षण गरेको हो । दाङको लमहीमा यसअघि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता भएको थियो ।।

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्