२०७८ बैशाख २ गते बिहिवार

बच्चा जन्मिएपछि बलात्कारको घटना सार्वजनिक



२० मंसिर । शिशुलाई जन्म दिएपछि बलात्कारको घटना सार्वजनिक भएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी १४ वर्षीय किशोरीले शिशु जन्माएपछि बलत्कार भएको घटना सार्वजनिक भएको हो ।

बलात्कारको आरोपमा चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

किशोरी आफूले २०७६ फागुन २६ गते बलात्कृत भएको बताएकी छिन् । घरमा कोही नभएको समयमा बलात्कार भएको किशोरीले बताएकी हुन् । बिरामी भएर मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको उनले अस्पतालमै मंसीर १३ गते बच्चा जन्माएकी हुन् ।

बलात्कार आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकबाट साभार

प्रकाशित मिति : २०७७ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्