२०७८ मङ्सिर १५ गते बुधवार

चार ठूला नदीमा आन्तरिक जलमार्ग सम्भाव्यता अध्ययन



१९ मंसिर । नेपाल पानी जहाज कार्यालयले चार ठूला नदीमा आन्तरिक जलमार्ग सम्भाव्यता अध्ययन थालेको छ। कार्यालयले कोसी, कर्णाली, कालीगण्डकी र नारायणी नदीको सम्भाव्यता अध्ययन थालेको हो।

कार्यालयका सूचना अधिकारी राजन प्रधानका अनुसार अहिले परामर्श छनोट गर्ने काम भइरहेको छ। आर्थिक वर्ष सुरु हुनेबित्तिकै सम्बन्धित निकायसँग प्रस्ताव गरिने उनले जानकारी दिए।

उनले भने, ‘नदीमा आन्तरिक जलमार्गलाई प्रोत्साहन गरेर सञ्चालन गराउने उद्देश्यले काम भइरहेको छ।’ कसरी पानी जहाज चलाउने भन्ने सुरक्षाका प्रावधानबारे पनि आन्तरिक गृहकार्य थालिएको उनले जानकारी दिए।

‘धेरैले पानी जहाजको टिप्पणी गर्दै खिल्ली उडाए, ’उनले भने, ‘खुला नदीमा जहाज चलाउन त्यति सजिलो छैन। प्रावधानहरु केके छन् त्यो नि अध्ययन गर्नुपर्छ। सबै भन्दा सुरक्षाका उपायलाई हेर्नुपर्छ। त्यसैमा अहिले काम भइरहेको छ।’ नेपालमा पहिलो पटक २०७५ फागुनमा पानीजहाज कार्यालय स्थापना भएको थियो।

प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्