२०७८ जेष्ठ ३ गते सोमवार

पत्रकार बिमला घर्ती पुरस्कृत



१८ मंसिर । दाङमा अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस एक कार्यक्रम गरि मनाइएको छ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा माथिल्लो निकायहरुबाट नै हेर्ने दृष्टिकोण फरक भएको बोल्ने बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र दाङले अपाङ्गता भएको व्यक्तिहरुको हक अधिकारका लागि क्रियाशिल रुपमा लामो समय देखि कलम चलाउदैँ आउनुभएकी पत्रकार विमला घर्तिलाई प्रशंसा पत्र सहित पुरस्कृत गरेको थियो ।
नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र दाङका सभापति शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सभाध्यक्षको रुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सितासिग्देल न्यौपाने रहनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल अपाङग संघका अध्यक्ष शिव घर्तिले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्