२०७८ बैशाख ५ गते आइतवार

सडक देखि सदनसम्म अपाङ्गमैत्री वातावरण कहाँ छ सरकार ?



१८ मंसिर । अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तर्राष्ट्रिय दिवस आज घोराहीमा एक कार्यक्रम गरि मनाइएको छ । ‘कोभिड–१९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको अधिकार र आवश्यकताको सवालमा माथिल्लो निकायहरुबाट नै हेर्ने दृष्टिकोण फरक भएको बोल्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र दाङका सभापति शरद अधिकारीले यो राष्ट्रिय अपाङ्ग दिवसलाई एक दिन मात्र सम्झेर अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा परिवर्तन नआउने बताउनुभएको थियो । उहाँले भन्नुभयो बाटोघाटो, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरु अपाङ्गमैत्री हुनुपर्ने भन्दै सरकार तथा स्थानीय निकायले यो विषयमा ध्यानाकर्षण हुन पनि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष्य सविन प्रियासन, घोराही उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास महाशाका हुमा डिसी, अपाङ्ग मानव अधिकार एवम सरोकार मञ्च नेपालका केशव शर्मा, सामाजिक विकास शाखाका संयोजक पशुपती चौधरी लागाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बोल्नेहरुले अपाङ्गता भएका व्यक्तिहरु सडक देखि सदनसम्म पछाडी परेकाले यस विषयमा राज्यले गम्भिर भएर ध्यान दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुका लागी पुर्ण रुपमा नगरपालिकाले साथ सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नगरपालिकाबाट कमिकमजोरी भए गुनासो राख्न सकिने पनि बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र दाङले अपाङ्गता भएको व्यक्तिहरुको हक अधिकारका लागि क्रियाशिल रुपमा लामो समय देखि कलम चलाउदैँ आउनुभएका पत्रकार विमला घर्तिलाई पुरस्कृत गरेको थियो ।

नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजिवन केन्द्र दाङका सभापति शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सभाध्यक्षको रुपमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सितासिग्देल न्यौपाने रहनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल अपाङग संघका अध्यक्ष शिव घर्तिले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्