२०७८ साउन १२ गते मङ्गलवार

मंसिर २२ मा बिहे गर्दै नायिका श्वेता खड्का



१८ मंसिर । बिहेको एक महिनामै पति वियोगमा परेकी नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ ।नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

उसो यसअघि पनि स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् । उनै, नायिका श्वेता खड्काले आफूले मंसिर २२ गते बिहे गर्न लागेको पुष्टी गरिन् । उनले भनिन्–‘बिहे गर्ने पक्का भएको हो । बाँकी जानकारी म पछि दिनेछु ।नायिका स्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।

श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि।सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो । यसपछि, स्वेताले चलचित्र ‘कान्छी’ निर्माण गरिन् । स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्