२०७८ बैशाख ९ गते बिहिवार

ओली अनुपस्थित नेकपा सचिवालय बैठक २० मिनेटमै सकियो



१७ मंसिर । बुधबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )सचिवालय बैठक २० मिनेटमै सकिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर २० गते दिउँसो १ बजे अर्को बैठक बस्नेगरी सम्पन्न भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले मंसिर १३ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेका राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट सुरु भएको छलफललाई आज पनि निरन्तरता दिने कार्यसूची रहेको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली भने सहभागी भएनन् ।

अध्यक्षद्वयका प्रतिवेदनमा विषयमा विवाद बड्दै गएपछि अनौपचारिक छलफलका लागि तत्कालका लागि बैठक स्थगित भएको बालुवाटार स्रोतको दाबी छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्