२०७८ बैशाख ५ गते आइतवार

धुम्बाराही ‘असुरक्षित’ हुने भन्दै नेकपा सचिवालय बैठक बालुवाटारमा बस्‍ने



१६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। यसअघि सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेपनि अन्तिम समयमा आएर सुरक्षा थ्रेड देखाउँदै महासचिव विष्णुप्रसाद पौडेलले बैठक बालुवाटार बस्ने जानकारी दिएको एक सचिवालय सदस्यले जानकारी दिए ।

सुरक्षाको कारण धुम्बाराहीमा बैठक नबस्ने भएपछि नेताहरु बालुवाटार जाने भएका छन् । मंगलबारको बैठकमा यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ। बैठक दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्