२०७८ जेष्ठ ३ गते सोमवार

दाङमा आज एक कोरोना संक्रमितको मृत्यु



१६ मंसिर । दाङको तुल्सीपुरका एकजना कोरोना संक्रमितको बुटवलमा मृत्यु भएको छ ।

तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष १४ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार दाङमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१ पुगेको छ । लुम्बिनी प्रदेशमा २९३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्