२०७८ असोज ११ गते सोमवार

एकता महिला बहुउदेश्य सहकारी संस्था लिमिटेडको २३ औ साधारण सभा सुरु



१५ मंसिर । घोराही उप महानगरपालिका वडा नं १८ मा रहेको एकता महिला बहुउदेश्य सहकारी संस्था लिमिटेडले २३ औ साधारण सभा सुरु भएको छ । साधारण सभा ३ दिन सम्म सञ्चालन हुने भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिका सहकारी तथा रोजगार प्रवद्र्धन शाखा प्रमुख होमलाल भुसालले सहकारी संस्थाहरु व्यवसायिक रुपमा अगाडि वढनु पर्ने बताउनुभयो। बचत तथा ऋण मात्र नभइ उत्पादन तथा लाग्नु पर्ने उहाँको भनाइ रहेको छ । उत्पादनले मात्र देशलाइ आत्म निर्भर वनाउन सहयोग पुग्ने प्रमुख भुसालले बताउनुभयो । महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले राम्रो काम गर्ने सफल भएको भुसालले बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीको माध्यवाट महिलाहरुलाई आय आर्जनमा लाग्न सहयोग पुगेको बताएका थिए । सहकारीको महत्वलाई वुझेर अगाडि वढन सहभागिहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा सहकारी संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहाकार यसोदा पाण्डे, सल्लाहाकार पार्वती अधिकारी, आधारभुत विद्यालय गिठेपानीका प्र अ लोकराज सुवेदी, सेयर सदस्य वेसरा पाण्डे लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा लेखा प्रतिवेदन लेखा समितीका संयोजक सरिता पोख्रेल, वार्षिक लेखा परिक्षकको प्रतिवेदन सह व्यवस्थापक ललिता पोख्रेलले प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष रेवा अधिकारीको अध्यक्षतामा भएको थियो । संस्थाका उपाध्यक्ष चुनकुमारी विष्टको स्वागत मन्तव्यवाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण संस्थाका सचिव निर्मला पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्