२०७८ साउन १२ गते मङ्गलवार

दाङमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु



१४ मंसिर । दाङमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारारत घोराही–१० का ६९ बर्षिया एक महिलाको आज दिउँसो साढे एक बजे निधन भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
कोरोना संक्रमित ती महिला यहि मंसीर ४ गते देखी अस्पतालो आईसियुमा उपचाररत थिईन् । उनीमा दम र निमोनियाको समस्या रहेको थियो ।
यसअघि हिजो घोराही उपमहानगरपालिका १३ निबासी ६६ बर्षका पुरुषको पनि सोहि अस्पतालमा निधन भएको थियो । यससंगै दाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्