२०७८ असार ९ गते बुधवार

थप १ हजार २ सय ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि, २५ जनाको ज्यान गयो



१४ मंसिर । नेपालमा गएको २४ घण्टामा नेपालमा १ हजार २ सय ५५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको थियो । आज देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् । स्वास्थय मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ४ जनाले कोरोनालाई जितेका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

यस्तै गएको २४ घन्टामा २५ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्