२०७८ जेष्ठ ३ गते सोमवार

समृद्धिको लागि लैंगिक उत्तरदायी बजेटमा जोड



११ मंसिर
महिला र पुरुष दुवैका आवश्यकतालाई सम्बोधन गर्ने गरी लैंगिक उत्तरदायी बजेट तर्जुमा गर्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सल्यानको कपुरकोट गाउँपालिकामा विहिबार आयोजित लैंगिक उत्तरदायी बजेट योजना तथा कार्यान्वयनको अवस्था विषयक कार्यक्रमका वक्ताहरुले नीति, कार्यक्रम, बजेट तथा खर्चमा लैंगिक संवेदनशीललाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले आफुहरुले महिला, वालवालिकला, जेष्ठ नागरिक, अपांगता भएका ब्यक्तिहरु र विपन्न वर्गको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने तयारि गरिरहेको बताइन् । यसका लागि गाउँपालिकाले बजेट समेत विनियोजन गरेको जानकारी दिइन् ।

दलित महिला केन्द्र काठमाण्डौँको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा कार्यपालिका सदस्य कमला विकले अझै पनि दलितहरुको जीवनस्तर माथी उठाउनका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको बताइन् । लैंगीक समानता र सामाजिक समावेशीकरण विशेषज्ञ अनिता विशंखको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक पवनराज देवकोटाले लैंगिक उत्तरदायी बजेट र समावेशी योजना तर्जुमा एवम् योजना तथा बजेट तर्जुमा गर्दा प्राथमिकता दिनुपर्ने विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा कपुरकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुन लगाएतले लक्षीत वर्गलाइ प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम र त्यस अनुसारको बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । समृद्धिको आधार नै लैंगिक उत्तरदायी बजेट भएकाले स्थानिय तहहरुले निती तथा कार्यक्रम एवम् बजेट ल्याउनु अघि समग्र वजेटमा सवै लैंगिक समुदायको सहभागिता र प्रतिफलमा हिस्सेदार बनोन् भनेर कार्यक्रमको आयोजना गरिएको दलित महिला केन्द्रले जनाएको छ ।

कार्यक्रममा सहभागी वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, दलित महिला सदस्यहरु, गाउँपालिकाका विषयगत शाखाका प्रमुख, वडा सचिवहरु लगाएतले पूर्वाधार विकास संगै सामाजिक विकासका कार्यक्रम तर्फ अझ विशेष ध्यान दिने बताएका थिए । कार्यक्रमको सञ्चालन दलित विकास समाज सल्यानका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले गरेका थिए ।।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्