२०७८ जेष्ठ ३ गते सोमवार

जुवाको खालबाट ९४ हजार नगद सहित दाङमा ८ जना पक्राउ



११ मंसिर । दाङ प्रहरीले जुवाको खालबाट ९४ हजार नगद रकम सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । गढवा गाउँपालिका–५ मा रहेको भुषाल होटलमा जुवा खेली रहेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट गएको प्रहरी टोलीले जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गएराती साढे आठ बजे ९४ हजार नगद रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी टोप बहादुर बिसी, हरि भण्डारी, सन्दिप अधिकारी, खिमबहादुर बुढा, होमराज रिजाल, किशोरसिंह ठकुरी, मुरली यादव र गढवा गाउँपालिका– ५ निवासी होटल संचालक डिल्लीराज भुषाल रहेका छन । जुवाको खालबाट पक्राउ परेकाहरुलाई आज म्याद थप गरेर अनुसन्धान हुने र कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्