२०७८ साउन १२ गते मङ्गलवार

स्वासप्रस्वासमा समस्या भएपछि मन्त्रीलाई काठमाडौं लगियो



९ मंसिर । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामालाई स्वासप्रस्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

कोरोना संक्रमणका करण बिरामी पर्नुभएका मन्त्री लामालाई थप उपचारका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा लगिएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री लामा गत मङ्सिर ५ गते कोरोना परीक्षणमा संक्रमण पुष्टि भएपछि हेटौँडास्थित सरकारी निवासमा आराम गरिरहेका थिएथियो । सोमवारदेखि मन्त्री लामालाई स्वास फेर्न असहज महशुस भएपछि आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्