२०७९ जेष्ठ ८ गते आइतवार

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित फेला



९ मंसिर । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा थप १६ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन ।
विभित्र व्यक्तिहरुको स्वाव संकलन गरि चा‌ैरजहारी प्रयोगशालामा पठाएकोमा मंगलबार उक्त संख्यामा पोजेटिभ देखिएको जिल्ला रुकुम पश्चिमले कोरोना रोग नियन्त्रक फोर्कल पर्सन ईश्वर रावलले जानकारी दिएका छ्न ।

प्राप्त जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालय रुकुम का चिकित्सक सहित ४ जना, बाँफिकोट गापामा कार्यरत स्वास्थ्य कर्मि १जना , रुकुम पुर्ब सिस्ने गा पा मा कार्यरत स्वास्थ्यकर्मि १जना, जिल्ला प्रहरी कार्यालय का २ र मुसिकोट न पा १ सल्ले का ८ जना गरि जम्मा १६ जना मंगलबार नयां संक्रमित फेला परेका हुन ।हाल सम्म रुकुममा २ सय १९ जना संक्रमित फेला परेका छन ।यस्तै १ सय ९८ जना डिस्चार्ज भएका छन ।

हाल रुकुम पश्चिममा सक्रिय संक्रमित २० जना छन भने १ जनाको ज्यान गएको छ । संक्रमितहरुमा केही राष्ट्रसेवक कर्मचारी र स्थानीयवासीहरु समेत रहेका छन ।संक्रमित सबैलाई अरु सँग घुलमिल हुन नदिन र उनिहरुको सम्पर्कमा रहेकाहरूको स्वाव संकलन गर्ने काम भैरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्