२०७८ साउन १९ गते मङ्गलवार

कक्षा १२ को परीक्षा आजबाट सुरु



९ मंसिर । कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण वैशाखमा हुने भनिएको परीक्षा ८ महिना पछि आजबाट सुरु भएको हो । ‘स्वास्थ्यको मापदण्ड पालना गरेर ढुक्कका साथ विद्यार्थीले परीक्षा दिन सक्ने वातावरण मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलर्ले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । कक्षा १२ को पढाइ हुने सबै विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ ।

कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । अब डेढ घण्टामा ४० पूर्णाङ्ककको लिखित परीक्षा हुने भएको छ । ४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने अध्यक्ष पौडेलले बताउनुभयो । स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न बोर्डले सबैलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पनि स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्