२०७८ असोज ८ गते शुक्रवार

सल्यानमा वडा अध्यक्षले मनोमानि गरेको भन्दै वडा कार्यालय तालाबन्दी



८ मंसिर।सल्यानको छ्त्रेस्वरी गाउपालिका वडा न.३ को वडा कार्यालय अनिश्चित कालकोलागि तालाबन्दी गरिएको छ।

गा.पाको २०७७र७८ को निकासित बजेट बिनियोजन प्रक्रियामा छ्त्रेस्वरी गा.पा वडा ३ को बजेट वडाका ३ जना सदस्यको बहुमतमा गा.पामा बुझाएको बजेट सिलिङलाई अपमान गरि वडा अध्यक्षले एकलौटी ढ्ङ्गले एकै निश्चित एरियामा बजेट राखेकाले त्यस वडाका स्थानीयले तालाबन्दी गएका छ्न ।

एकलौटी शासनको चपेटामा परि रहेको र यस्तो अपमानजनक तरिकाले ल्याएको बजेट प्रती साथै गा.पाको निर्णयले पारित गरेको र बस्ती छुएका सडक मर्मतको लागि १००० घण्टाको काम पनि बाटो मर्मत नगरी एक पटक मर्मत गरेको बाटोलाई डबल कटिङ गर्दै गरेको काममा पनि घोर आपत्ती छ प्रेस बिज्ञप्तिमा भनिएको छ।

यस बिषयमा छलफल नगरुन्जेल सम्म सम्पूर्ण कामकाज बन्द गर्ने र उत्त वडा तालाबन्दी गरिने छ।सो निर्णयलाइ बेवास्था गरेमा स्थानिय बासी कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छ्न।

यस्तो छ प्रेस बिज्ञप्ति

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्