२०७८ जेष्ठ २ गते आइतवार

दाङका ६ वटा स्थानिय तहमा अधारभूत अस्पताल निर्माण शुरु हुदै



८ मंसिर । 

सरकारले दाङका ६ वटा स्थानिय तहमा अधारभूत अस्पताल निर्माण थाल्ने भएको छ । दाङका घोराहीको लक्ष्मीपुर स्वास्थ्य चौकी, बबईको पुरन्धार स्वास्थ्य चौकी, राप्तीको सिसहनिया स्वास्थ्य चौकी, शान्तिनगरको बाघमारे स्वास्थ्य चौकी, दंगिशरणको श्रीगाउँ स्वास्थ्य चौकी र बंगलाचुलीको कमिरेचौर स्वास्थ्य चौकीलाई स्तर उन्नती गरिने भएको छ । घोराहीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाई ५ र अन्य गाउँपालिकाका स्वास्थ्य चौकीलाई १५ वेड क्षमताको बनाईने भएको छ ।

त्यसैगरी लुम्विनी प्रदेशका ६० सहित देशभरका ३ सय ९६ वटा स्थानीय तहमा यही मंसिर १५ गते एकैदिन अस्पताल निर्माण शुरु गर्ने भएको हो । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेका यी अस्पतालको निर्माण करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्