२०७८ बैशाख ९ गते बिहिवार

दाङमा नदिजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध



८ मंसिर । जिल्ला प्रशासन कार्यालय दाङले नदिजन्य पदार्थ उत्खनन् तथा संकलनमा प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङका अधिकृत अमरराज शर्माले सार्बजनिक सुचना जारी गर्दै जिल्लाका कुनै पनि खानी वा नदि खोलाबाट ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन् तथा संकलन अर्को सुचना नभएसम्मका लागि पुर्ण रुपमा बन्द गरिएको जानकारी दिनुभयो ।

बिज्ञप्तीमा जिल्लाका रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुमा रहेको बस्तुको नाँपजाँच भईरहेकाले उत्खनन् तथा संकलन पुर्ण रुपमा बन्द गरिएको उल्लेख छ । साथै प्रशासनले उद्योगमा मौज्दात ढुङ्गा, गिट्टी र बालुवा बढि भएमा एक महिना भित्र उठाईसक्न पनि निर्देशन दिएको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्