२०७८ साउन १२ गते मङ्गलवार

२४ घण्टामा एक हजार नौ सय ८० जनामा कोरोना पुष्टि,१ हजार ३ सय ३७ जनाको मृत्यु



८ मंसिर । नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख नाघेको छ । गएको २४ घण्टामा तीन हजार ४३ जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको सङ्ख्या दुई लाख दुई हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा एक हजार नाै सय ८० जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएकाे छ । योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२ हजार दुई सय ८८ पुगेको छ । पछिल्लाे २४ घण्टामा १० हजार तीन सय ८१ जनाको पीसीआर परीक्षण भएको थियो ।

साेमबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार आठ सय ८४ छ । त्यस्तै ६ सय २९ जना क्वरेण्टीनमा छन् । यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार तीन सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्