२०७८ कार्तिक ९ गते मङ्गलवार

लोक सेवा पढाउने कर्मचारीले सरकारको अनुमति पुनःलिनुपर्ने

यसअघिका स्विकृति खारेज


७ मंसिर । लोक सेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउन तथा निजी इन्स्टिच्युटमा कर्मचारी उपस्थित भई अनलाइन माध्यमबाट प्रशिक्षण दिन सरकारको अनुमति चाहिने भएको छ।

नेपालसरकार मन्त्रिस्तरको बैठकले यो निर्णय गरेको हो। राजपत्रांकित प्रथम श्रेणी र त्योभन्दा माथिका कर्मचारीले नेपाल सरकार र अन्य कर्मचारीले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्विकृतिबेगर अब त्यस्ता तयारी कक्षामा प्रशिक्षण दिन पाउने छैनन्।

बैठकले यसअघि यसबारे भएका सबै निर्णय पनि निष्कृय गरेको जनाएको छ। सामान्य प्रशासन मन्त्रालयबाट नयाँ मापदण्ड निर्धारण नभएसम्म त्यस्ता प्रशिक्षणका लागि स्विकृति नदिइने पनि उल्लेख गरिएको छ।

यो नियम संघीय तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीका हकमा समेत लागु हुने बैठकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै स्विकृतिबेगर यस्तो गरिएको पाइए कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्