२०७८ बैशाख २ गते बिहिवार

“जनता सामु नेकपा सरकारलाई आँफू चोखो छु भनेर भन्न सक्ने कुनै नैतिक आधार छैन” : सहमहामन्त्री डा.महत



७ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले वर्तमान सरकारको ‘भ्रष्टाचार’ सत्तारुढ पार्टीकै नेताहरुले खोलिसकेकाले सरकारको यथार्थता छर्लंगै भैसकेको वताएका छन् । दाङमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा डा. महतले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नै भ्रष्टाचारका बुँदा केलाएर प्रतिवेदन पेश गरिसकेकाले वर्तमान सरकारको असली रुप बाहिरिईसकेको वताए । ‘वर्तमान सरकार अहिले सम्मकै बढि भ्रष्ट सरकार हो भनेर कांग्रेसले भन्दै आयो, तर अहिले सरकारको नेतृत्व गरेको नेकपाकै अध्यक्षले यो कुरा लिखित रुपमै बोलिसके,’ उनले भने ‘अब जनता सामु नेकपा सरकारलाई आँफू चोखो छु भनेर भन्न सक्ने कुनै नैतिक आधार छैन ।’

यसैगरि उनले वर्तमान सरकारले हरेक क्षेत्रमा गरेको हस्तक्षेप सत्ता हत्याउने गलत नियत रहेको समेत वताए । अहिले बहुमतको आडमा अडिग नेकपा सदैव सत्ता हत्याउन चाहने भन्दै संवैधानिक आयोग, प्रहरी लगाएतका निकायमा उसले गरेको ठाडो हस्तक्षेप यसको प्रमुख कारण रहेको वताए । ‘अहिले संवैधानिक आयोग, प्रहरी लगाएतका हरेक निकायमा सरकारले हस्तक्षेप गरिसकेको छ,’ उनले भने ‘यि सबै निकायमा उसको हस्तक्षेप भएमा सत्ता हत्याउन सकिन्छ भन्ने नेकपाले राम्रो संग बुझेको छ , यसर्थ यि हस्तक्षेपको प्रमुख कारण भनेकै सत्ता हत्याउने दाउ हो ।’
सरकारको एक पछि अर्को गलत कदमको बिरोध गर्दागर्दै पनि उसले प्रतिपक्षी कांग्रेसलाई सुन्नै नचाहेको समेत महतले वताए । ‘प्रतिपक्षले सरकारले चालेका एक पछि अर्को गलत कदमको निरन्तर बिरोध गर्दै आएको छ,’ उनले भने ‘तर सरकारले सुन्नै चाहन्न ।’

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्