२०७८ असोज १ गते शुक्रवार

सिद्ध रत्न नाथ नमूना मावि नारायणपुरका प्रअ बुढाथोकीको निधन



७ मंसिर । सिद्ध रत्न नाथ नमूना उच्च माध्यामीक विद्यालय नारायणपुरका प्र.अ चिन्ता बहादुर बुढाथोकीको निधन भएको छ ।
दाङमा २०३५ सालदेखि शिक्षण पेशामा आवद्ध भएका शिक्षक त्यति बेला माध्यमिक तहको नियुक्ति पाइ शिक्षण पेशामा प्रवेश गरी माध्यमिक तहको प्रथम श्रेणीमा बढुवा भई विद्यालयको सहायक प्रधानाध्यापक हुँदै प्रधानाध्यापक समेत रहेका थिए ।

यस्तै नेपाल शिक्षक संघ दाङको अध्यक्ष, नेपाल शिक्षक संघको केन्द्रीय उपाध्यक्ष, नेपाल शिक्षक युनियन दाङको जिल्ला अध्यक्ष, जिल्ला शिक्षा समिति दाङको सदस्य, सार्क स्तरीय शिक्षक युनियनको कोषाध्यक्षको अनुभव प्राप्त गरेका बुढाथोकी शिक्षा मन्त्रालयबाट २ पटक पदक तथा सम्मान पत्रबाट सम्मानित हुन समेत सफल भएका थिए ।

२०७३ मंसीरमा अवकास प्राप्त भइ सोही विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भइ काम गरेका बुढाथोकीको उपचारको क्रममा कोहलपुर अस्पतालमा गएराति ११ बजे असामयिक निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्