२०७८ असार १० गते बिहिवार

बबई गाउँपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जना घाइते



४ मंसिर । दाङको बबई गाउँपालिकामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । पुरन्धाराबाट तुलसीपुर आउँदै गरेको रा २ प २२९८ नम्बरको मोटरसाईकल बबई ६ पञ्चकुलेमा अनियन्त्रीत भएर पल्टिदा मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका ९ बेलुवा निबासी २३ बर्षीय दिपेन्द्र कवर रहेको प्रहरीले जानकारी दिएको छ ।

कवरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ । यस्तै गयराती रामपुरबाट हंसपुर आउँदै गरेको ७३१३ नम्बरको टेक्ट्रकरले बबई गाउँपालिका ३ पतेरीमा ठक्कर दिँदा सोही ठाउँ निवासी ६६ बर्षकी रामकली वली गम्भिर हुनुभएको छ । घाइते वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्