२०७८ बैशाख २ गते बिहिवार

दाङका एक जना कारोना संक्रमितको मृत्यु



४ मंसिर । दाङका एक जना कारोना संक्रमितको बाँकेको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोना संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको आज बिहान साढे दुई बजे मृत्यु भएको हो । कोरोनाको आशंकामा उनलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते पोजिटिभ रिपोर्ट आएको थियो । होम आइसोलेशनमै रहेका उनलाई २७ गते कोहलपुर मेडिकल कलेजमा उपचारका लागिएकोे थियो । केही समयदेखि मधुमेह र मृर्गौलासम्बन्धी बिरामी भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसंगै दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्