२०७८ बैशाख २ गते बिहिवार

बुटवलमा उपचाररत कोरोना संक्रमितको मृत्यु



४ मंसिर । कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा थप एक संक्रमितको मृत्यु भएको छ ।

गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा बिहिबार बिहान मृत्यु भएको हो ।कात्तिक २३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको बिहिबार बिहान १२स्४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ सय ४० पुगेको उनले बताए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्