२०७८ बैशाख ५ गते आइतवार

दाङ देउखुरीको रिहारमा मन्दिरभित्र रूख काट्दा दुई जनाको मृत्यु



३ मंसीर । दाङ देउखुरीको रिहारमा चाडपर्वकै विचमा एउटा अपृय घटना घटेको छ । सुन्दा अचम्म लाग्छ तर लमही नगरपालिका वडा नम्बर ९ पैतेका स्थानियहरुले एकै स्वरमा वास्तिविक बताउँछन् । बगार बाबा धार्मिक विकास क्षेत्रभित्रबाट दुईवटा रूख काट्दा पैते गाउँका दुईजना स्थानीयको मृत्यु भएको छ । प्रसिद्ध बगार बाबा धार्मिक विकास क्षेत्रभित्र माईकुटीको धुनामा दाउरा प्रायोजनको लागि भनेर दशैँ अगाडि मन्दिरको बगैँचाबाट सुकेको दुईवटा सिसौको रूख काट्दा लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी ४० वर्षिय रामप्रसाद चौधरी र सोहि ठाउँ निवासी ५० वर्षिय देखुराम चौधरीको मृत्यु भएको गाउँका स्थानीय तथा पूर्वप्रहरी कमल चौधरीले जानकारी दिए ।

उनका अनुसार बगार बाबा धार्मिक विकास क्षेत्र शिव मन्दिर र माइकुटीको धुनामा दाउरा बाल्नको लागि दशैँ अगाडि पैते गाउँका दुईजना स्थानियले दुईवटा सुकेको सिसौका रुख काटेका थिए । उक्त रूख काटेको दुबैजना स्थानिय दशदिनपछि एक्कासी विरामी भएपछि उपचारको लागि रामप्रसादलाई भारतको लखनउ र देखुराम चौधरीलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियोे ।

देखुराम चौधरीलाई घोराहीबाट थप उपचारको लागि गत कार्तिक ३० गते बेलुका नेपालगन्ज तर्फ उपचारको क्रममा लैजादै गर्दा बाटोमै मृत्यु भएको लमही नगरपालिका वडा नम्बर ९ का वडासदस्य बुद्विराम चौधरीले जानकारी दिए । यता रामप्रसाद चौधरीको हिजो गते चौधरीको मृत्यु भएको वडा सदस्य चौधरीले बताए ।

वास्तविक दुईवटा सिसौको माईकुटीको धुनामा बाल्नको लागि काटिएको हो तर, रूखमा गाव राम्रो देखेपछि मन्दिर परिसरमा फर्निचरको कामकाजमा लगाउने भनेर दुबै मृतकले राखेका थिए । उक्त रूख काटेको स्थानमा बुधबार वर, पिपल, र तुलसिको बोट रोपिएको छ । मृतक देखुरामको छोराको छोरा देवराज चौधरी र रामप्रसाद चौधरीको श्रीमती ज्ञानकुमारी चौधरीले उक्त रूख काटेको स्थानमा वर, पिपल, र तुलसिको बोट रोपेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्