२०७८ कार्तिक १ गते सोमवार

सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक युवकको मृत्यु



३ मंसिर । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ।जिल्लाको बागचौर नगरपालिका वडा नं.११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु भएको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी विकास थापाका अनुसार खड्का बुधबार बिहान ११ बजेतिर बागचौर नगरपालिका वडा नं. २ खरिबोटमा ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए।

उक्त बस बाफुखोलाबाट दाङको तुलसीपुरतर्फ आउँदै थियो। घाइते खड्कालाई बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो। उपचारका क्रममा उनको साढे १ बजेतिर जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी थापाले बताए।बस चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्