३ मंसिर । भैलोको पिकनिक खान बबई नदी गएका एक व्यक्तिको डुबेर मृत्यु भएको छ । मुत्यु हुनेमा पश्चिम दाङको बबई गाउँपालिका वडा नं – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्का रहेका छन ।
खड्काको नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहनविक्रम केसीले जानकारी दिनुभयो ।
पौडि खेल्न सक्ने मृतक खड्काले मापसे गरेका कारण नदीमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाई छ ।
मंगलबार करिब ३ बजे तिर नदीमा डुबेका खड्काको शव करिब एक घण्टा पछि मात्र स्थानियले फेलापारेका हुन ।
प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार