२०७८ भाद्र ३१ गते बिहिवार

चालु आर्थिक बर्षको तीन महिनामा २४ लाख बढि राजश्व संकलन



२७ कार्तिक । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले चालु आर्थिक बर्षको तीन महिनामा २४ लाख बढि राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७७र०७८ को साउन, भदौ र असोजमा तीन हजार ६ सय ६५ सवारी कार्वाहीमा पर्दा २४ लाख ४४ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले जानकारी दिए । गएको साउन महिनामा १ हजार तीनसय सवारी कार्वाहीमा पर्दा ८ लाख ६६ हजार ५ सय राजश्व संकलन भएको प्रमुख केसीले जानकारी दिए ।
जसमध्ये ७६ बस कार्वाहीमा पर्दा ४९ हजार राजश्व संकलन भएको थियो । त्यस्तै १०५ ट्रक कार्वाहीबाट ६२ हजार ५००, टे«क्टर १०१ कार्वाहीबाट ६१ हजार , जिपकार १७० कनर्वाहीबाट एक लाख सात हजार पाँचसय, अटो २४१ कार्वाहीबाट एक लाख ५३ हजार, मोटर साईकल ६०७ कार्वाहीबाट ४ लाख ३३ हजार ५ सय राजश्व संकलन भएको थियो ।

त्यसैगरी भदौ महिनामा ८५० सवारी कार्वाहीमा पर्दा ५ लाख ६७ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जसमध्ये ३९ बस कार्वाहीबाट २९ हजार, ट्रक १०२ बाट ६२ हजार, टे«क्टर ८४ बाट ४७ हजार, जिपकार ११३ बाट ७५ हजार पाँचसय, अटो १४७ बाट ९२ हजार, मोटर साईकल ३६५ बाट रु २ लाख १ हजार पाँचसय राजश्व संकलन प्रमुख केसीले जानकारी दिए ।

केसीका अनुसार असोजमा १ हजार ५ सय ५० सवारी कार्वाहीबाट १० लाख, १० हजार पाँचसय राजश्व संकलन भएको छ । जसमा ८२ बस कार्वाहीमा पर्दा ४७ हजार ५ सय, १६२ ट्रकबाट ९७ हजार पाँचसय, १५३ टेक्टरबाट ९० हजार, २२४ जिपकारबाट १ लाख ३५ हजार ५ सय , १९८ अटोबाट १ लाख २१ हजार ५ सय र ७३१ मोटर साईकलबाट ५ लाख १७ हजार ५ सय राजश्व संकलन भएको छ । ओभरलोड भएका, नो पाकिङमा गाडी राखेका, हेलमेट नलाउने, हर्न बजाउने लगायत ट्राफिक नियमको पालना नगर्ने सवारीहरु कार्वाहीमा परेको ट्राफिक प्रमुख केसीले जानकारी दिए ।
गएको भदौ २५ गतेबाट तुलसीपुरमा सुरु भएको पार्किङ व्यवस्थापन र फुटपाट सुधार कार्यक्रम संचालन गरे संगै ९५ प्रतिशत पार्किङ वयवस्थापनमा सुधार आएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रमुख चन्द्र केसीले अहिले तुलसीपुर बजार क्षेत्रको तुलसीपुर खाने पानी संस्था देखि गुम्राहा चोक सम्ममा सवारी व्यवस्थापनमा ९५ प्रतिशत सुधार भए संगै सवारी दुर्घटनामा पनि कमी आएको बताए । बाँकी ५ प्रतिशत सुधारको लागि आफुहरु अहिले पनि लागि परेको बताए ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्