२०७८ जेष्ठ १ गते शनिवार

लुम्बिनी प्रदेशमा ६५ सहित देशभर ४६० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा



२७ कात्तिक । देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ६०  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४८ जना आइसियु र १२ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १४ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा ६९ आइसियु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।

यस अघि  बुधबार ४७७, मंगलबार ५०० , सोमबार  ४९४, आइतबार ४८०, शनिबार ४४१ जना  आइसियु र भेन्टिलेटरमा  उपचाररत थिए।

नेपालमा २ लाख ४ हजार २ सय ४२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  १ लाख ६४ हजार ५ सय ९२ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार १ सय ८९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्